×

Chori Bhanda Aama Taruni

Kumar Basnet | छोरी भन्दा आमा तरुनी | Aama Bhanda Chori Taruni

आमा भन्दा छोरी तरुनी
ठिकै भन्यौ नि
होइन भाई गल्ति भयो
उल्टो पर्यो नि

छोरी भन्दा आमा तरुनी
लिबिस्टिक पाउडरले
लान्छ क्यार घुमाउन
झिल्के ड्राईबर ले

ऐना हेरी हेरिकन
कैले कपाल कोर्छे
कहिले बस्छे टोलाएर
कहिले दङ्ग पर्छे
कहिले हेर्छे झ्याल बाट
कहिले भित्र पस्छे
आँखिभौ र परेलामा
अनेक रंग धस्छे

ए हो की होइन ? हो हो
होइन भन्ने को ?

छोरी भन्दा आमा तरुनी
लिबिस्टिक पाउडरले
लान्छ क्यार घुमाउन
झिल्के ड्राईबर ले…..

खासम् बाहिर गएको
दुइ महिना भा छैन
जहिले हेर्यो बाहिर घुम्छे
छैन घरमा बास
उनलाई भयो छटपटी
हामीलाई भोक प्यास
राम्री राम्री तरुनीको
सबलाई लाग्छा आस

ए.. हो की होइन हो हो
होइन भन्ने को

छोरी भन्दा आमा तरुनी
लिबिस्टिक पाउडरले
लान्छ क्यार घुमाउन
झिल्के ड्राईबर ले…..

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन