×

Unko Preeti Pahile ho ki | उनको प्रीति | Lyrics

उनको प्रीति पैले हो की , मेरो प्रीति पैले 
जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले 

यती राम्रो मुहार हजुर,  पैले कहाँ थियो
बल्ल देखे – बलेपछी नजरको दियो 
उनको नजर पैले हो की , मेरो नजर पैले 
जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले 

एउटा पर्दा उघारे झै दुईतिर हाँसी 
पुरिबको जुन झ¥यो  पश्चिमबाट ब्याँसी
उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले
जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले

बेनीघाटमा उनीसित भेट भयो अस्ति 
आज लाग्छ सधैभरी संगै थीईन जस्ती 
उन्को अर्पन पैले हो की मेरो अर्पन पैले 
जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले

Male Karaoke

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन