Site icon Paan Ko Pat

Hamro Sundar Sansar thiyo

[हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो।
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती भयो।…२]…२

हरियाली बनपाखा को, भेट हाम्रो आलै थियो।…२
चढाएको भाकल हाम्रो, देउरालीलाई थाहै थिहो।
बिहानीको शीत जस्तै चोखो हाम्रो माया थियो।
तर हाम्रो माया, दुई किनार भयो।…२

चखेवाको जोडी जस्तै, हाम्रो माया उड्ढै थियो।…२
हुरी बतास चलेपनि, दुई आत्माको जित नै थियो।
कहिले हास्ने कहिले रुने, यस्तै हाम्रो माया थियो।
तर हाम्रो माया, दुई किनार भयो।…२

हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाई दियो।
दुई मुटुको मिलन थियो, सपना जस्तै तोडिगयो।
अब हाम्रो माया, आकाश धर्ती भयो।…३

Exit mobile version