लौ सुन म भन्छु मेरो रामकहानी।
त्यो एकदिनको हासो, सयौ दिनको पानी।
लौ सुन म भन्छु मेरो रामकहानी।
म उठ्दा आकाशले मलाई थिचिदिन्छ।
अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ।
म रोए यी आँखा रित्याउ भनेर।
तर आँसुले नै मलाई नै दुबाउछ।
त्यो बिधुवाको चिनो, के मेरो निशानी।
त्यो एक दिनको हाँसो, सयौ दिनको पानी।
लौ सुन म भन्छु मेरो रामकहानी।
तेरो आस्वासनमा मैले बाँची हेरें।
मैले आगो माथी पनि नाची हेरें।
जीवनलाई चारैतिर बाट हेरें।
केवल मा विरानो, सबै नौलो पाएँ।
यहि गीत साचें पछिलाई निशानी।
त्यो एकदिनको हासो, सयौ दिनको पानी।
लौ सुन म भन्छु मेरो रामकहानी।