मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो।
जे छन, सबै ति व्यर्थ छन, तिमी भन्दछौ यो प्यार हो।
मलाई जिन्दगी यो लाग्दछ।
बहकिन्छु म सन्तापले, सल्केर आगो जल्दछु।
खाली भएर सुन्य झैँ, यहाँ खण्ड हरुझैँ जिउदछु।
मेरा सारा-सारा अभावलाई, आकाश मेरो भन्दछु।
तर मोहलाई म के भनु, तिमी भन्दछौ यो भार हो।
मलाई जिन्दगी यो लाग्दछ।
पोखिएकै म पानी भै, कहीं शीत भै म अल्झिए।
थाम्न नसक्दा वेदना, कहिँ घाऊ भएर बल्झिए।…२
निर्दोष अनेक नजरमा म, आँशु बनेर रोकिए।
मझधार लाई म के भनौ, तिमी भन्दछौ यो किनार हो।
मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो।
मलाई जिन्दगी यो लाग्दछ।