तिमी जुन रहरले, म मा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।
म डुब्दो किनारा, कहाँ हास्न सक्नु।
व्यर्थै तिमीले मेरो, हात समायौ।
वैशालु ति तिम्रा रहरहरुमा,
न मैले कहिले हरियाली कोरें।
रक्ताम्य ति तिम्रा अधरहरुमा,
न मैले कहिले खुशियाली पोतें।
र सायद रीसाएउ, तिमी भित्रभित्रै।
न कि ति तिम्रा, खुलदुली सोधें।
रुझेहुन ति तिम्रा, पलक र आँखा,
म सँग कहिले ईशारा नबोल्दै।
रुखे हुन ति तिम्रा, योवन र भाखा।
म संग कहिले, निस्वाश नखोल्दै।
र सायद सराप्यौ, सधै वैशलाई।
जो सुन्यतासंगै, बिलाए म जस्तै।
तिमी जुन रहरले, म मा फुल्न आयौ।
सबै सुख हराए, सधैँ चोट पायौ।