Site icon Paan Ko Pat

Euta Manche ko Lyrics by Narayan Gopal

narayan gopal

swor samrat narayan gopal

[एउटा मान्छेको मायाले कति,फरक पर्दछ जिन्दगीमा।]…२
एउटा साथीको साथले कति,फरक पर्दछ जिउनुमा।
एउटा मान्छेको मायाले कति,फरक पर्दछ जिन्दगीमा।

शिशिर यामको जाडोमा पनि…२ फुल्दछ फूल मुस्कानको।
अँध्यारो औंसीको रातमा पनि,बल्दछ दियो विश्वासको।
नयन भरिको आसुमा पनि…२ बसेको हुन्छ तस्विर त्यो।
हृदय भरिको चोटमा पनि,लुकेको हुन्छ, मायालु त्यो।
एउटा मान्छे को मायाले कति,फरक पर्दछ जिन्दगीमा।

बिछोड हुँदाको दुखमा पनि…२ भरोसा हुन्छ मिलनको।
झगडा हुँदाको बेलामा पनि,पत्यार हुन्छ साहारा को।
मायालु बिनाको हुँदो हो कति …२ उराठ लाग्दो, संसार यो।
पिरती बिनाको हुँदो हो कति,निराश एक्लो, सम्झना यो।
एउटा मान्छे को मायाले कति,फरक पर्दछ जिन्दगीमा।

Exit mobile version