( मैलिने त रुमाल हो मैलिन्न माया ।
ओइलिने त फुल हो ओइलिन्न माया ) २
( टाढा गए पाप लाउछ नजिक सरिदेउ )२
(तिम्रो नामै माया हो माया गरिदेउ)२
( फुलै झरी गए नि झर्दैन माया
मरी जाने चोला हो मर्दैन माया ) २
( मलाइ आउन लाज लाउछ यतै सरि देउ )2
( मेरो नामै माया हो मलाइ माया गरिदेउ )२
( हिम पग्लेर जान्छ तारा पनि झर्छ )२
माया गर्ने बैशैमा हो जे जे पर्छ
गाला चाउरी पर्छ केशै फुली जान्छ
चोखो माया शंशारमा सधै बाची रहन्छ
( टाढा गए पाप लाउछ नजिक सरिदेउ )२
( मेरो नामै माया हो मलाइ माया गरिदेउ )२
माया लाए पुग्छ साथ पाए पुग्छ
बेशाहारा जिवनमा तिमि आए पुग्छ
जोडी ढुकुर संगै भए जस्तै सधै
हामि दुइ मिलेपो राम्थ्यो जीवन अझै
( टाढा गए पाप लाउछ नजिक सरिदेउ )२
( मेरो नामै माया हो मलाइ माया गरिदेउ )२
♬ Vocal:- Nishan Bhattarai Jenisha Gautam
♬ Lyrics:- Jiwan Bhandari
🎬️ Story | Direction:- Sunil B.K
🎬️ Choreographer:- Rajiv Samar
🎬️ Cast:- Prakash Saput Kushum Sharma