×

Timra Neta Bigriye Jaaga Janata || तिम्रा नेता बिग्रिए जाग जनता – lyrics / Pashupati Sharma

घन्टी मा भोट हाल्ने ले घंट उचाल
रुखमा भोट हाल्ने ले भाटा उचाल
सुर्यमा भोट हाल्ने ले ज्वाला उचाल
हसिया हथौडा रोज्नी ले औजार उचाल
हो
तिम्रा नेता बिग्रिए (देशै बिग्रिन्छ )२

दाजु भाइ दिदि बैनी आमा अनि बा ले
अरु संग आत्तिएर घन्टी भन्न थाले
भरोसा मा छन् है सबै अङ्कल अनि अण्टि
भने जस्तो नगरे त बज्न सक्छ घन्टी
(घन्टी मा भोट हाल्निले )2 ले घंट उचाल )२
जाग जनता हो जाग जनता
( तिम्रा नेता बिग्रिए जाग जनता )२
हा होइ ,,,
चुनाव आउदा भोट माग्दा भोट माग्दा कत्रो चुरी फुरी
समचार हेर्दा लाजै लाउछ तिम्लाई कुरी कुरी
गर्नी किनी नभेसि किन ठुलो सोर
लाज पचाउन सक्नी मात्र नेता हुनी हो र
( ए रुखमा भोट हाल्निले )२
भाटा उचाल होइ

जाग जनता हो जाग जनता
( तिम्रा नेता बिग्रिए जाग जनता )२
हा होइ
किन हुन्छौ थर थर कसको छ र डर
हाम्रो देश चलाउने चापी कहा छ र
जनता लाइ थाहा देउ चापी अन्त भए
अब जनता बाठा भए झुक्काउने दिन गए
हसिया हथौडा रोज्नी ले
औजार उचाल हो
हसिया हथौडा रोज्नी ले
औजार उचाल हो
जाग जनता होइ
( तिम्रा नेता बिग्रिए जाग जनता )२
हा होइ।।।

सिंगापुर नि बनाइहाले पानि जहाज नि ल्याए
कोइ कोइ फेरी नबोलेरै सबै कुरा भ्याए
जल स्रोत जडी बुटी हेर वर पर
देशमा भाका कुरा लाइ त सदुपयो गर
सुर्यमा भोट हालनी ले
(ज्वाला उचाल )२
सुर्यमा भोट हालनी ले
ज्वाला उचाल
जाग जनता होइ
( तिम्रा नेता बिग्रिए जाग जनता )२
हा होइ।।।
कलम मा भोट हालनी ले मुडकि उचाल
हलो मा भोटहालनी ले हरिस उचाल
छाता मा भोट हाल्ने ले डन्डी उचाल
माइक मा भोट हालनी ले आवाज उचाल
गिलास मा भोट हाल्नेले औला उचाल
ए तिम्रा नेता बिग्रिए देशै बिग्रिन्छ
देशै बिग्रिन्छ
एक दुइटाले काम गर्दैछन बल्ल थाहा पाइयो
स्थानिय तहमा नि राम्रो मेयर चाइयो
देखि हालेउ भोगी हालेउ अब यस्ता उस्ता
आट भाको र भिजन भाको जाग युवा पुस्ता
( हलो मा भोट हाल्नेले हरिस उचाल )२
जाग जनता होइ
( तिम्रा नेता बिग्रिए जाग जनता )२
हा होइ।।।
बार कक्ष्या सक्नी सबै विदेश जान थाले
देशलाई छोडदै छोडदै गए पढे लेखेकाले
फेरी देशै खालि होला यस्तै बसे थिति
युवा हरु देशमा रोक्न के बनाछौ नीति
(कलम मा भोत् हाल्निले )२
मुडकि उचाल
कलम मा भोत् हाल्निले
मुडकि उचाल
जाग जनता होइ
( तिम्रा नेता बिग्रिए जाग जनता )२
एसो हिन्छु एसो बुझ्छु हेर्छु एता तेता
एति सानो देश मा पनि कति धेरै नेता
दश बिश लाखको बजेट पार्छ गाउमा नेता बन्छ
नचाइएको बाटो आफ्नो घर अगाडि खान्छ
( माइकमा भोट हालनी ले
आवाज उचाल )२
जाग जनता होइ
( तिम्रा नेता बिग्रिए जाग जनता )२
हा होइ।।।
देशै एस्तो भर हो कि गर्न थाले जे नि
पाच सय पाए नि छोडदैनन कर्मचारी ले नि
एता पनि छुट हजुर उता पनि छुट
त्यै भएर भनेको हो लुटन सके लुट
( गिलास मा भोट हाल्निले
औला उचाल )२
जाग जनता होइ
( कर्मचारी बिग्रिए जाग जनता )२
हा होइ।।।
मा कुखुरा पाल्छु भन्यो ठुलाबाको छोरो
ब्यापार भएन रिनले च्याप्यो झुण्डिएर मोरो
केहि गर्छौकि भनेर दिएम ताला चापी
करोड करोड कुम्ल्याएउ ए थुक्क तिम्लाई पापी
(छातामा भोट हालनी ले डन्डी उचाल )२
जाग जनता होइ
( तिम्रा नेता बिग्रिए जाग जनता )२
हा होइ।।।

#PashupatiSharma #TimraNetaBigriyeJaagaJanata #NewNepalISong #LokSong #

Song:- Timra Neta Bigriye Jaaga Janata || तिम्रा नेता बिग्रिए जाग जनता
Vocal:- Pashupati Sharma
Lyrics / Music:- Pashupati Sharma
Music Arranger:- Bishwas Nepal
Studio:- Maruni
Mixing:- Kumar Rana
Recordist:- Suman / Khuman
Directon / Cinematographer:- Durga Poudel
Mua:- Shyam Malla
Editor:- Prakash Dhamala
Post Production:- Global Arts Nepal

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन