×

Atteri Lyrics by Sushant KC

यो मन अटेरी, तिमी हेरी
नजाने भन्छ अन्तैतिर
मलाई फेरि नसोधे नि
नसोधे नि हुन्छ, तिमी नै निर

बसी हरपल तिमीसँग याद बुनेर
तिमी लिए सियो है, धागो म लेर
उनीउनी जाऔँ न समय मेरा
फाल न खेर

अबेर, हुन-हुन लाग्यो, कहाँ जान्छे?
कति लोभ्याको, बाफरे!
कति तड्पाउने होला? ओ, लौ न
कराएँ पागलझैँ

आऊ न, आऊ न
आऊ, आऊ न

फेरि-फेरि म समुन्द्रको छालझैँ
तिमी मेरी यो किनारा, म चुम्न
आऊँ कि म बसम् यहीँ तालझैँ?
लेर आऊ तिमी ख्याएर डुङ्गा

केही पङ्ती म गुनगुनाउँछु
केही तिमी गाउँदा हुन्न र?
तिमीबारे कति गीत बनाउँछु
यहीँ बस है, ध्यानले सुन

पलपल तिमीसँग याद बुनेर
धड्कन-धड्कन साथ कुदेर
भुलीभुली जाऔँ न समय मेरा
फाल न खेर

अबेर, हुन-हुन लाग्यो, कहाँ जान्छे?
कति लोभ्याको, बाफरे!
गाजलु आँखाले घायल, हेर
घायल, हेर न

हेर न, तिम्लाई कति धेरै माया
म देर राख्नेछु, तर तिमी पहिला

आऊ न, आऊ न
आऊ, आऊ न

बदलियो कि मेरोप्रति
मनस्थिति तिम्रो? जति
भागे पनि म बेवशी
तिम्रो लागि तड्पिरहेँ

यो मन अटेरी, तिमी हेरी
नजाने भन्छ अन्तैतिर
मलाई फेरि नसोधे नि
नसोधे नि हुन्छ, तिमी नै निर
बस्छु म

Atteri by Sushant KC Lyrics

Written, Composed, Performed by: Sushant KC

IG: https: www.instagram.com/sushantkcofficial/


#sushantkc
#atteri #yomanatteri #nepali

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन