Unko Preeti Pahile ho ki | उनको प्रीति | Lyrics
उनको प्रीति पैले हो की , मेरो प्रीति पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले यती राम्रो मुहार हजुर, पैले कहाँ थियो बल्ल देखे – बलेपछी नजरको दियो उनको नजर पैले हो की , मेरो नजर पैले जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले एउटा पर्दा उघारे झै दुईतिर हाँसी पुरिबको जुन झ¥यो पश्चिमबाट ब्याँसी उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले बेनीघाटमा उनीसित भेट भयो अस्ति आज लाग्छ सधैभरी संगै थीईन जस्ती उन्को अर्पन पैले हो की मेरो अर्पन पैले जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले
Male Karaoke
Post Comment