×

Dashain Tihar – Sugam Pokharel

वर्षमा, दिनमा, लै-लै
हर्षका दिन यी, लै-लै
वर्षमा, दिनमा, लै-लै
हर्षका दिन यी, लै-लै
दशैँ-तिहार चाड र बाड
खुशीले सारा भर्यो नि संसार
आ-हा-हा-हा, हा
खुशीले सारा भर्यो नि संसार

अर्काको देशमा, लै-लै
सम्झना आको नि मैलाई
सयपत्री फूलेको आँगन
रातो अक्षता, जमरा लगाई
यता मेरो आँसुको धारा
उता होलान् रातै ती निधार
आ-हा-हा-हा, हा
उता होलान् रातै ती निधार

सुपारी माला यो दाइलाई
बाटोभरि आँखा ती फैलाई
बस्दै होली मेरी बहिनी
दाजु आउने दिनहरू गन्दै
यस पाली पक्कै आउँछु म, बहिनी
सजाउनलाई आफ्नै त्यो संसार
आ-हा-हा-हा, हा
सजाउनलाई आफ्नै त्यो संसार

आ-हा-हा-हा, हा
खुशीले सारा भर्यो नि संसार
आ-हा-हा-हा, हा
उता होलान् रातै ती निधार

dashain tihar song by sugam pokharel

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन