×
narayan gopal

Malai Maaf Garideu Lyrics by Narayan Gopal

मलाई माफ गरिदेउ मेरा लोभी नजर
कहीं कसैमा डुबेछ भने
म त खोजीरहेछु हरेक चेहेरामा
मेरी सपनाकि एक प्रियसी मायालु

उ आँउछे सधैं म निदाएको बेला
अनि बस्छे मेरो छातीमा
उ साट्छे सधैं मेरा पिरहरुसित
उसका मिठा मिठा भावना
मलाई माफ गरि देउ मेरो प्रेमको कुरा
कही कसैलाई बिझेछ भने
म त खोजीरहेछु हरेक चेहेरामा
मेरी सपनाकि एक प्रियसी मायालु

उसको आँखा र ओठ मेरो रोदीघर हो
उसको छाती मेरो बास हो
उसको आँशु बर्षा उसको सुस्केरा शिशीर
उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरिदेउ मैले मृगतृष्णा
कहीं कसैमा देखेछु भने
म त खोजीरहेछु हरेक चेहेरामा
मेरी सपनाकी एक प्रियसी मायालु

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन