×
narayan gopal

Yo Samjhine Man chaa Lyrics by Narayan Gopal

[यो सम्झिने मन छ,म बिर्सु कसोरी।
तिमी नै भनि देउ, ए जाने निष्ठुरी।] …२

[यी औंला तिनै हुन,तिमीले चुमेका।
परेली यिनै हुन तिमीले पुछेका।]…२
म सक्दिन आफ्नै प्रतिविम्ब छोप्न।
म सक्दिन छाती फुटाएर जोड्न।
यो सम्झिने मन छ,म बिर्सु कसोरी।
तिमी नै भनि देउ,ए जाने निष्ठुरी।

[पखाले यी आँखा पनि,द्रिष्य उही छ।
जहाँ नै म हिडें पनि धर्ति उही छ।]…२
न सक्छु म आकाश चिथोरेर फेर्न।
न सक्छु म जूनको उज्यालो नै छेक्न।

यो सम्झिने मन छ,म बिर्सु कसोरी।
तिमी नै भनि देउ,ए जाने निष्ठुरी।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन