×
narayan gopal

Mera Sabai Raat aba Lyrics by Narayan Gopal

मेरा सबै रात अब, मातहरु भए।
जिन्दगीनै नबुझ्ने, बातहरु भए।
आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन।…२
सबै बास बेहोशीका बारातहरु भए।…२
मेरा सबै रात अब।

सधै यो सडकमा म…२, के के रोज्दै हिड्छु।
आफन्तको माझमा, परिचय खोज्दै हिड्छु।
भुलेर बजारभरिका…२, हजार वैश हरु।
म त आफैलाई हराई, आफै खोज्दै हिड्छु…२।
मेरा सबै रात अब।

कहिलेकाहिँ बिर्सिएर…२, आकाश खोज्दै हिड्छु।
भत्किएको मेरो पुरानो, त्यो बास खोज्दै हिड्छु।
धेरै भयो अल्झेको…२, यहाँ भिड भित्र।
तिनै भिडमा जिन्दगीको, आभाष खोज्दै हिड्छु…२।

मेरा सबै रात अब, मातहरु भए।
जिन्दगीनै नबुझ्ने, बातहरु भए।
आफैलाई राख्ने यहाँ, कुनै ठाउँ भएन।…२
सबै बास बेहोशीका बारातहरु भए।…२

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन