×
narayan gopal

Parkhi Base Aaula bhani Lyrics by Narayan Gopal

पर्खिबसें आउला भनि, मेरो उठने पालो …२।
कुर्दा-कुर्दै जिन्दगी नै, भैगएछ कालो-कालो,
भैगएछ कालो, मेरो उठने पालो।
पर्खिबसें आउला भनि, मेरो उठने पालो …२।

[वारी-पारि अँध्यारो छ, आँखा खोलि हेर्दा।
अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा।] …२
आफ्नै छाँया आफैसित, भागी हिड्न थाल्यो …२ ।
आफ्नै माया आफैलाई, बोझ लाग्न थाल्यो-थाल्यो।
बोझ लाग्न थाल्यो, मेरो उठने पालो।
पर्खिबसें आउला भनि, मेरो उठने पालो …२।

[तातो हावा बहिदिन्छ, मनै पोल्ने गरि,
निराशाको दियो बल्छ, दिलै जल्ने गरि।] …२
बर्षौ भयो चलेकै छ, मन भित्र यो आँधी …२।
बाच्नु पर्यो बाध्यतामा, चाहनालाई बाधी-बाधी,
चाहनालाई बाधी …२।

पर्खिबसें आउला भनि, मेरो उठने पालो…2।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन