×

DHOKA – lyrics / Shiva Pariyar

( मुटु मेरो चिरा पारि घात गर्न हराइछौ
अनायासै नजर जुध्दा साथ पर्न डराइछेउ )२
सम्झनाले सताउदा मनको दियो जलाई
खोजि हिडे तिमि अन्तै बात गर्न रमाइछौ
हो,,,
मुटु मेरो चिरा पारि ,,,,
( सय पत्री फुले जस्तै ढकमक्क फुलिदिदा
जिन्दगीको दोबाटोमा निर्मोहिले भुलिदिदा )२
जुन छुने रहर बोकी तिम्रै गित गाए जैले
उज्यालोको नाता जोड्दा अन्धकार पाए मैले
हो,,,
मुटु मेरो चिरा पारि ,,,,
( सोचेको संगै संगै मायाको फुल फुलाउने )२
( खेर गए प्रयास सारा हिर्दयमा मिलाउने)२
मलाइ जस्तै उनलाई पनि हात पार्न झिकाइछेउ
भरोसा दिलाइ दिउसै रात पार्न सिकाइछेउ
मुटु मेरो चिरा पारि घात गर्न हराइछौ
अनायासै नजर जुध्दा साथ पर्न डराइछेउ

#Dhoka #nepalisong #ShivaPariyar

Song: Dhoka “धोका”…
Vocal: Shiva Pariyar
Lyrics: Narad Pokharel
Music: Sanket Agasti
Featuring: Aakash Shrestha, Karoona Shrestha
Guest Artist: Aanam सिंह
Producer: Narad Pokharel
Direction: Rajesh Puma Rai

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन