×

Duita Phool Deurali Ma Lyrics by Narayan Gopal

दुईटा फुल देउरालीमा, साथै राख्यौ जस्तो लाग्छ।
कतै टाढा जाँदाखेरी, संगै हिड्यौ जस्तो लाग्छ।
देखे जस्तो पनि लाग्छ, बोले जस्तो पनि लाग्छ।
कतै टाढा जाँदाखेरी, संगै हिड्यौ जस्तो लाग्छ।
दुईटा फुल देउरालीमा।

गुलाफको तरेलीमा, सितको थोपा परे जस्तो।
टल्किने त्यो निदारमा, पसीना।
सुकाई दिए जस्तो लाग्छ, पात हम्की पिपलको।
बिसाउनीमा जिन्दगीको, पसिना।
लत्रेका ति परेलीको, सम्झना छ जस्तै लाग्छ।
कतै टाढा जाँदाखेरी, संगै हिड्यौ जस्तो लाग्छ।
दुईटा फुल देउरालीमा।

राती फुल्ने फुल टिपी, सिउरीदिए जस्तो लाग्छ।
कुनै रात बसेको त्यो, बासमा।
ओत मुनि आकाशको, छाँया मुनि धर्तीको।
रात मुनि बसेको त्यो, बासमा।
बिर्सेबिर्से जस्तो लाग्छ, सम्झेसम्झे जस्तो लाग्छ।
कतै टाढा जाँदाखेरी, संगै हिड्यौ जस्तो लाग्छ।
दुईटा फुल देउरालीमा।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन