×

Jun Phool Maile Caheko Thiyea Lyrics by Narayan Gopal

[जून फूल मैले चाहेको थिएँ, कसैले टिपेछ।
सौन्द्रय भने, त्यो सधै मेरो, आँखामा लुकेछ।]… २

सुख र दुख संगाली दिने, जीवनमा त्यै थियो।…२
दिन रात अब, म देखि टाढा, भएर गैदियो।
बिरानो बनि, प्रतिपल मेरो, यो मुटु धड्किन्छ।
बितेका तिनै पुराना कुरा, सम्झाई तड्पिन्छ।

बाँची नै रह्यो केबल त्यो चाहि, मुटुमा चोट पारी।…२
त्यो मेरो थियो, स्नेहको दियो, मनको हितकारी।
चर्केको माया, जोडिदिने फेरि, बस्तु नै के छ र।
मनमा रह्यो, विरह ब्यथा, भन्नु नै के छ र।
जून फूल मैले, चाहेको थिएँ।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन