×

Kehi Chot le Gyani Huncha Lyrics by Narayan Gopal

केहि चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ।
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ।
केहि चोटले।

मान्छेले गर्ने कर्म हरु, के ले असल खराब हुन्छ।
आफ्नो अपजसे हाथ हरुले, जे गर्यो त्यहि खराब हुन्छ।
डढेको मनमा जे राख, सबै एकछिनमा खाक हुन्छ।
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ।
केहि चोटले।

न त घृणाले आतिन्छु, न त मायाले मातिन्छु।
मलाइ दोष देऊ, या देउ उपहार, कालो रंगमा जे पोतेहुन्छ।
के को बत्ती नदेख्ने लाई, मेरो दिन रात समान हुन्छ।
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ।
केहि चोटले।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन