×

Mero Ankha Lai Raakhne Lyrics Narayan Gopal

मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।

पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।…२
बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि।
त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन।
बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन…२।
मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन।
तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने।

उदास भन कि, खुशी भन कि, भएकै म पनि।…२
राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि।
जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल।
मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल…२।

मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।…२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।…२

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन