×

Daiba Tero Maya ko Khola le

दैब तेरो मायाको खेलाले,आज मेरो यो गति पार्दियो।—२
जसको निम्ति बाँचेको उसैले, आधी बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।

मान्छे पनि कहासम्म निष्ठुरी, दयाको त ठाँउ सम्म देख्दैन।—२
आफ्नो सानो घाउ दुख्ने मान्छेले…२ अरुमर्दा सम्मनि रुँदैन। …२
सबैलाई हसाउँने मायाले, जुनी भरी धरधरी रुवाइदियो।
जसको निम्ति बाँचेको उसैले, आधी बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।

आफ्नो गल्ती कसैले देख्दैन, आफु झुटो कहिले नि हुँदैन।—२
सबै देख्छन् अरुलाई नजाती…२ आफ्नै मैलो कसैले देख्दैन। …२
दुई मुटु जोडिदिने मायाले, मुटु किन तोडिदियो।

जसको निम्ति बाँचेको उसैले, आधी बाटो नपुग्दै छाडिदियो।
आज मेरो यो गति पारिदियो।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन