×

Dil Ko Kura Nagara Dilmaya

दिलको कुरा नगर दिलमाया, धेरै भयो सिशा झैँ फुटेको।…२
आगो पानी संग-संगै बस्दैनन। …२
जाती भयो तिमीसंग छुटेको। …२

फूलजस्तै मुस्कुराई हासी-हासी आयौ। …२
फूलको जोवन जलाएर तिम्ले आगो लायौ।
सुनको कुरा नगर सुनमाया।
सुनको मान्छे, फलामको विचार।
अघि-अघि फूलको बयान। …२
पछि-पछि छुराको प्रहार। …२

मन परुन्जेल, मेरो हिरा मेरो हजुर भन्यौ। …२
आफ्नो मनमा ताल्चा लायौ, पराइ कुरा सुनेउ।
मनको कुरा नगर मनमाया,
मन मारेर मनबाट गयसी।
आफ्नो-आफ्नो अलगै बाटो भो। …२
एउटै बाटो दोबाटो भएसी …२

दिलको कुरा नगर दिलमाया,धेरै भयो सिशा झैँ फुटेको।
आगो पानी संग-संगै बस्दैनन। …२
जाती भयो तिमीसंग छुटेको। …२

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन