×

Kun Huri le Kata Udai

[कुन हुरीले कता उडाई, कहाँ कहाँ छुटें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।]…२
कुन हुरीले कता उडाई।

[यस्तो लाग्छ कहिलेकाहीं, अझै ठुलो घाऊ होस।
माया गर्ने निष्ठुरीको, यहि छातीमा पाऊ होस।]…२
दिने माया सबै दिएँ, तर कहाँ चुकें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।
कुन हुरीले कता उडाई।

[भन्ने हरु भन्छन मलाई, फलानो छ धेरै खुशी।
साथी संगी हजार हजार, बाच्ने खुबी कतिकति।]…२
आफन्तकै न्यानो चोटले, कहाँ कहाँ टुटे म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।

कुन हुरीले कता उडाई,कहाँ कहाँ छुटें म।
गन्नै नसकिने घाऊहरु, कहाँ कहाँ दुखे म।
कुन हुरीले कता उडाई।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन