×

Malai Yo Jindigi Le Kaha Puryao

मलाई यो ज़िन्दिगीले कहाँ पुरायो।…2
कहीले हसायो, कहीले रुवायो।…2
आफ्नै संग छुटाएर एक्लो बनायो।
मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।…2

[धरै हीडे बाटो हरु, धेरै तरे खोला।
आफ्नै संग बीछोढिने कस्तो भाग्य होला?] …२
नीयति को घाम-पानीले पोल्यो रुझायो।
मिठा मिठा सपना पनि यस्ले उढायो।
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो। …२

[जता टेकु काढै-काढा, टेक्ने ठाउ छैन।
पराई भै बाच्न मलाई अब मन छैन।] …२
कता छुटे रहर, कहाँ खुसी हरायो
किन होला विधाताले आशु जुरायो
मलाई यो ज़िन्दिगीले कहाँ पुरायो। …२

कहीले हसायो, कहीले रुवायो।…2
आफ्नै संग छुटाएर एक्लो बनायो।
मलाई यो ज़िन्दिगिले कहाँ पुरायो।…2

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन