×

Nabolau Kasailai Yaha Rati Rati

नबोलाउ कसैलाई यहाँ राती-राती।…३
होशमा हुदैनन…२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

गन्दैन एक्लो जुनलाई कसैले।…३
तारा गन्ने चलन, यहाँ राती-राती।…२
होशमा हुदैनन…२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

हुदैन जसको, बिपनानै आफ्नो।..3
आउदैन सपना ,पनि राती-राती।…२
होशमा हुदैनन…२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

उज्यालोमा बद्नाम, आँखा हरु हुन्छन।…३
नहुने के रैछ, यहाँ राती-राती।…२
होशमा हुदैनन्…२ कोहि राती राती।
नबोलाउ कसैलाई, यहाँ राती-राती।

दिनभरि खाए तिमीसंग कसम।…३
लडखडाउदै आए, सधै राती-राती।…२
होशमा हुदैनन्…२ कोहि राती-राती।
नबोलाउ कसैलाई यहाँ राती-राती।…२
यहाँ राती-राती।…४

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन