×

Pahad Ko Chukchuke Rail

पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।

आँखाभरी सपना थ्यो, मन भरि आशा।
माया हाम्रो खै के भयो, छायो नि निराशा।
सिरमा उनकै टोपी चिनो, पाउमा पाउ पोश।
दिलमा उनकै फूल राखें, कस्लाई दिने दोष।

पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।

दौरा-सुरुवाल पटुकिमा खुकुरी छ छड्के।
कुन दैव लाग्यो मलाई, लाग्यो नजर कर्के।
आँखा मेरो हेरी रहन्छ, नौ डाँडा पारी।
फर्कने त आशै छैन, गयो माया मारी।

पहाडको छुकछुके रेल, छुटयो हजुर रोक्दै नरोकी।
मैले रुमाल हल्लाको,गयो माया देख्दै नदेखी।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन