×

Ankha chopi Narou bhani bhannu parya cha Lyrics by Narayan Gopal

आँखा छोपी नरोउ भनि, भन्नुपर्‍या छ।
मुटु माथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।]…२

[भोली उठी कहाँ जाने, केही थाहा छैन।
फर्कि आउने हो कि होईन, केही थाहा छैन।]…२
वाचा छिट्टै आउछु भनि, गर्नुपर्‍या छ।
मुटु माथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।

[छातीभरि गाँउ-बेशी, पखेरीको छाँया।
आखाँभरि मेलापात, मायालुको माया।]…२
आफैलाई छाडी कतै, जानुपर्‍या छ।
मुटुमाथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।

[भन्ने कुरा कति थियो, छाती भित्रै रह्यो।
परेलीका ओठबाट, आँशु झरी रह्यो।]…२
कुल्चीएर आफैलाई, हिड्नुपर्‍या छ।
मुटुमाथि ढुंगा राखि, हाँस्नुपर्‍या छ।

आँखा छोपी नरोउ भनि, भन्नुपर्‍या छ।
मुटु माथि ढुंगा राखि, हाँस्नुपर्‍या छ…२।

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन