×

Chari Le Ta Chadera Gaigayo

चरिले त छाडेर गैगयो, गैगयो।
[सम्झना चै डालीमा रही रह्यो] …२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रही रह्यो।]…२

[संगै संगै हिड्ने मान्छे भयो पर पर।] …२
मनमा चाही उसकै रुप अल्झी रह्यो तर।
[सुख पनि मन रैछ दुख पनि मन।]…२
[मनै दुखि भए पछी के गर्नु र धन।]…२
उ त डाडा काटेर गइ गयो, गइ गइयो।
[सम्झना चै डालीमा रही रह्यो।]…२

[जति बिर्सु भने पनि याद उसकै हुन्छ]…२
ओठ भरी हासे पनि भित्रि मन रुन्छ।
[घाउ लाग्यो मनको मुटु कुटु कुटु खाने।]…२
[नरोएर जाने हजुर नधोएरै जाने।]…२
आफ्नो आगंन बिरानो भैगयो, भैगयो।
[सम्झना चै डालीमा रही रह्यो।]…२
नाता टूटयो पराई भैगयो, भैगयो।
[एउटा नाता मनमा चै रहीरह्यो।]…२

Post Comment

error: मिल्दैन मिल्दै मिल्दैन